काठमाडौ। नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालका लिड आर्टिष्ट अमेरिकन बाबु राजेश गुरुङ दुई दिनअघि मात्र अमेरिकावाट नेपाल आएका हुन्। नेपाल आएको लगतै भिजन संसार डटकमको क्यामेरामा अमेरिकन बाबु राजेश गुरुङ परिहाल्यो। त्यो पनि काठमाडौको पुरानो बानेश्वर स्थित बत्तिसपुतली रोडमा।

टिपिकल गुरुङ भेषभूषामा कान्छी गुरुङ्सेनी रोहणी लामालाई अघि–पछि लगाएर हिडिरहेका थिए। भिजन संसार डटकमको क्यामेरामा पर्नासाथ अमेरिकन बाबु राजेश गुरुङले श्यामजी यिनी त मेरी कान्छी पो हुन भनेर कलाकार रोहणी लामाको परिचय गराउन पछि परेनन्।

जेठी अमेरिकामा नै छाडे्र आउनु भएको हो कि भन्ने भिजन संसारको प्रश्नमा अमेरिकन बाबु राजेशले होइन–हौ, यो गीतको भिडियोमा जेठी त गाउंमा नै छाडेर काठमाडौमा आएको कथावस्तु पो छ भने। त्यसरी भनेपछि त्यो दृश्य राजेश पायल राईको गायन रहेको गीतको भिडियोको दृश्य भनेर पक्का भयो।

म्युजिक भिडियोको शुटिङका क्रममा नेपाल आएका स्वभाविक अभिनयका धनी अभिनेता राजेश गुरुङले राजेशकै सोल्टी गीतकार तथा संगीतकार राजेश गुरुङ रहरका शव्द तथा संगीत रहेको कान्छी तिम्रै संझनामा लैलै बोलको गीतको म्युजिक भिडियोको लागि आवश्यक तस्बीर खिचाउन पुरानो बानेश्वरको फोटो स्टुडियोमा आएका रहेछन्।

कथावस्तु अनुसार गाउंवाट काम गर्न शहर आएका राजेश काठमाडौमा पिज्जा स्टोरमा पिज्जा बनाउंदै गाउंकी कान्छीलाई संझेर तत्पिएर बसेको बेलाका लागि आवश्यक तस्बीर खिच्न त्यसरी थाँतिएर गुरुङ ड्रेसमा आएको अमेरिकन बाबु राजेश गुरुङले बताए। निर्देशन पुराना खग्गु थियटर आर्टिष्ट तथा निर्देशक विजय विस्फोटले निर्देशनको अलावा स्क्रीप्ट पनि लेखेका हुन्। निर्देशक विस्फोटले अन द स्पट स्क्रीप्ट लेख्ने कार्य गर्दैगरेको पनि पाइयो।

मेकअप आर्टिष्ट रवि केसी भने मेकअप आर्टिष्टको काम छाडेर आधा दर्जन फिल्म निर्माण गर्नतिर लाग्दा नराम्ररी डुवेर फेरि आफ्नो पुरानै मेकअप आर्टिष्टको काममा फर्केको खुलासा गर्दैथिए। छायांकन रामशरण उप्रेतीको रहेको छ।

कान्छी तिम्रै संझनामा लैलै बोलको गीतमा गायक राजेश पायल राईसंग फिचरिङ गायिका अञ्जना गुरुङले गरेकी छन्। म्युजिक एरेञ्ज राजेन्द्रंलाल कर्ण तथा प्रज्ज्वल बज्राचार्यले गरेका हुन्। रेकर्डिङमा सहयोग फिरोज स्याङतेन तथा अभय ढुंगेलको रहेको छ।
प्रकाशन मिति–२०७५ साल असार ३२ गते सोमवार ।