काठमाडौ। नामै यल्लो टाइगर । गजबको नाम बोकेर नेपाली डान्सको क्षेत्रमा यल्लो टाइगरको प्रवेश भएको छ। त्यो यल्लो टाइगरलाई नेपालमा प्रवेश गराउने अरु कोही नभइकन अभिनेत्री सुषमा सिंह हुन्। सुषमा सिंहले नै आफ्नो डान्स कल्चरको नाम र आफ्नो निक नेम यल्लो टाइगर राखेर तहल्का मच्चाउन आएकी हुन्।

काठमाडौको बालाजु बनस्थली यराहिटीनेर यल्लो टाइगर मूभी एण्ड इन्टरटेन्टमेन्ट नामक डान्स ट्रेनिङ इन्ष्टिच्यूट स्थापना गरेर डान्सको क्षेत्रमा तहल्का मच्चाउने कोशिशमा यल्लो टाइगर सुषमा सिंह रहेकी छन्। विशेषत सवैखाले डान्स तालिम दिने ठूलै इन्ष्टिच्यूटको रुपमा विकास गर्ने सोच तथा लक्ष्य लिएर आएकी यल्लो टाइगर सुषमाले यल्लो टाइगरलाई ट्रेडमार्क नै बनाएकी छन्।

दायाँ छातिमा यल्लो टाइगर नै ट्याटु खोपेर तहल्का मच्चाउने कार्य यल्लो टाइगर सुषमावाट भएको छ। अव यही नामवाट आफूलाई चिन्ने र चिनाउने तयारीमा यल्लो टाइगर लागेकी छन्। नेपाली कला र कलाकारिता क्षेत्रलाई स्वच्छ र स्वस्थ बनाउने अभियान अनुरुप आफू र आफ्नो कंपनीलाई यल्लो टाइगर बनाएकी यल्लो टाइगर साहस र आँटकी प्रतिक पनि हुन्।

यही आँट र साहसले जापान भ्रमणका क्रममा सवैले उनलाई यल्लो टाइगर भनेकै कारण उनी आफैले आफैलाई यल्लो टाइगर बनाएकी हुन्। दर्जनौ चलचित्र तथा सयौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी दाङकी यी यल्लो टाइगर बचपनदेखि कला र कलाकारिताका लागि मरिमेट्ने कलाकार हुन्।

अमर नायक श्रीकृष्ण श्रेष्ठलाई अभिनयको आदर्श नै मान्ने यल्लो टाइगरको कलाकारिता क्षेत्रमा प्रवेश भएको पनि एक दशक पुगिसकेको छ। यस अवधिमा सवैखाले संघर्ष गरिसकेकी यल्लो टाइगर अव आउने पुस्ताले त्यस्तो दुःख र संघर्ष गर्न नपरोस् भनेरै यल्लो टाइगरको स्थापना गरेकी उनले भिजन संसार डटकमलाई भनेकी छन्।


प्रकाशन मिति–२०७५ साल असार ३१ गते आइतवार ।