काठमाडौं। रिभेल इन्टरटेन्टमेन्टका अध्यक्ष राजेश हमाल तथा बीग नाइट इन्टरटेन्टमेन्टका अध्यक्ष कुवेर कार्कीको इभेन्ट म्यानेजमेन्ट र एभरेष्ट अवाकेनिङ (Everest Awakening) को आयोजनामा समाजका लब्ध–प्रतिष्ठित सेलिब्रेटीहरुलाई सम्मान गरिएको छ। नेपाली युगिन गीत–संगीतका गोल्डेन भ्वाइस अग्रज गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक प्रधानले नै सवै सेलिब्रेटीहरुलाई सम्मान प्रदान गरेका हुन्।

सम्मानित हुने सेलिब्रेटीहरुमा युगिन गायक दीप श्रेष्ठ, रेशलर भरत विसुराल, सहेन्द्र श्रेष्ठ, प्रशान्त ताम्राकार, सुरेश शर्मा, रेजिना उप्रेती, क्षितिजा शाक्य, राजेश धाख्वा, अनुप गुरुङ, जेम्स प्रधान र रविन्द्र खड्का हुन्। म्युजिक नाइट २०१९ नाम दिएर गरेको सम्मान कार्यक्रममा विपिन श्रेष्ठले विभिन्न कालजयी गीत गाएर माहोललाई रोमाञ्चित बनाएका थिए।

Rajesh Hamal-CEO of Revel Entertainment Pvt. Ltd.

देश तथा विदेश जहाँ भएतापनि नेपाल र नेपाली कला र कलाकारिताको लागि मरिमेटेर लाग्दैआएका मेसेन्जर व्याण्डका चीफ भोकलिष्ट समेत रहेका गायक राजेश हमालको रिभेल इन्टरटेन्टमेन्टले यसप्रकारका कार्यहरुलाई निकट भविष्यमा पनि निरन्तरता दिदैजाने भएको छ। यसको लागि आफू हरदम हरपल क्रियाशील रहेको गायक हमालले भिजन संसार डटकमलाई बताएका छन्। सम्मान कार्यक्रमको संचालन हास्य अभिनेता गोपाल ढकाल छन्देले गरेका थिए।

प्रकाशन मिति–२०७६ साल मंसीर ३ गते मंगलवार ।