Rata Makkai Kiran KC Birthday 1काठमाडौ। नेपालका हाँस्यअभिनेता रातामकै किरण केसीले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन्। असार १५ गते जन्मेका रातामकै केसीले आयोजना गरेको सुशासनका लागि हाँस्यव्यङ्ग विषयक अन्तरक्रिया कार्यक्रममा अधिकाँश वक्ताहरुले नेपालमा सुशासन नै नभएको प्रतिक्रिया व्यक्त गरे। बरिष्ठ हाँस्यअभिनेता सन्तोष पन्तले नेपालमा राजनीति गर्ने नेताहरु चोर–फटाहा थुन्ने जेलवाट बढी आएका हुनाले उनीहरुको स्कुलिङ्ग नै खराव भएकोले सुशासन कायम गर्न नेताहरु सफल नभएको जिकिर गरेका छन्।

Ratta Makkai Kiran KC Birthday3

सुमेरु अस्पतालका प्रमुख भरत महर्जन, मनोज गजुरेल, शिवहरि पौड्याल, दीपकराज गिरी, शंभुजीत बाँस्कोटा लगायतका वक्ता रहेको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। ६० बर्षको जन्मदिन मनाएका रातामकै केसीको यो बर्षको जन्मदिनवाट केसी परिवारले सम्मान कार्यक्रम पनि शुभारम्भ गरेका छन्। नगद १० हजार पाँच सहितको रातामकै सम्मान तथा पुरस्कार बरिष्ठ हाँस्यअभिनेत्री बसुन्धरा भूसाल र बरिष्ठ लोकदोहरी गायिका कोमल ओलीलाई प्रदान गरिएको छ।

Rata Makkai Kiran KC Birthday 2

६० बर्ष पुगेका रातामकै केसीलाई आमन्त्रित प्रायले खादा ओढाएर जन्मदिनको शुभकामना दिएका थिएभने, हाँस्यअभिनेत्री दीपाश्री निरौलाले आलो चिकेन उपहार दिएकी थिइन्। अर्की अभिनेत्री गौरी मल्लले राधाकृष्णको ठूलो तस्वीर उपहार दिएकी थिइन्। कार्यक्रममा भूकम्प पीडितहरुको लागि गिरान्चौर बस्ती विकासका लागि क्रियाशील धुर्मुस–सुन्तली फाउण्डेसनलाई विभिन्न व्यक्ति तथा संस्थाले प्रदान गरेको सहयोग राशी पनि हस्तान्तरण गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल असार १५ गते बुधवार ।