Sarita Prajapati Rato Sari 1काठमाडौ। पछिल्लो समय विभिन्न कन्सर्टहरुमा निक्कै व्यस्त बनेकी दमदार गायिका सरिता प्रजापतिको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। युट्युबवाट वल्र्डवाइड रिलिज गरिएको गायिका प्रजापतिको रातो सारीमा भाकाको गीतमा गायिका प्रजापतिको अलावा दुई मोडल अफ्सना थापा र अश्मिक लम्सालले पनि बेजोड अभिनय गरेका छन्।

रातो सारीमा भाका भएतापनि गायिका तथा मोडलहरुल मोडर्न ड्रेसमा नै देखिएका छन्। एक दृश्यमा भने मोडल नायिकाले रातो सारी लगाएकी छन्। गीतकार गोविन्दप्रसाद उपाध्यायको शव्द तथा अनिष श्रेष्ठको संगीत गायिका प्रजापतिको उक्त गीतको भिडियोको निर्देशन मनोज विष्टले गरेका हुन्।

Sarita Prajapati in concert 1निशान घिमिरेको सम्पादन र ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोको दृश्य ललितपुरको खोकनास्थित सिकाली मन्दिर परिसर लगायतका स्थानहरुमा गरिएको गायिका प्रजापतिले भनेकी छन्।


प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।