Bidhya Devi Bhandari in Bhaktapur

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अन्तिम दिन बिहीबार भक्तपुरस्थित नवदुर्गाभवानी मन्दिरमा पूजा–अर्चना तथा दर्शन गरेकी छन्।

विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादकारूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए।

हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन यो मन्दिरमा राष्ट्रप्रमुखले पूजा–अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

आर्थिक अभावका कारण मन्दिरको पूजा–अर्चना रोकिने अवस्था रहेको विषयमा पनि हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएपनि सुनुवाइ हुन नसकेको मन्दिरका पूजारीले राष्ट्रपतिसमक्ष गुनासो पोखेका थिए ।
प्रकाशन मिति–२०७४ साल असोज १९ गते विहीवार ।