काठमाडौं। ख्यातिप्राप्त राष्ट्रवादी नेपाली गायिका सत्यकला राईको यो बर्ष अमेरिकामा लामै बसाई भयो। लगभग पाँच महिनाको बसाईमा अमेरिकाका १६ वटा स्टेटमा धमाकादार सांगीतिक प्रस्तुति दिएर नेपाल फर्केकी छन्।

अमेरिकाको हाम्रो अनलाइन टेलिभिजनको प्रस्तुतिमा कोलाराडोवाट शुरुभएको राष्ट्रवादी गायिका सत्यकला राईको सांगीतिक कार्यक्रम वासिङटन, टेक्सास, ओहायो, एक्रोन, क्यालिफोर्निया, सनफ्रान्सिस्को, लसएञ्जलस, नर्थ क्यारोलाइना, जर्जिया,भर्जिनिया, पेन्सनभेनिया, टेनिसी, सिकागो हुंदै न्यूयोर्कसम्म पुगेर टुंगिएको हो।

अमेरिकाको प्राय स्टेटमा भएको सांगीतिक कार्यक्रममा राष्ट्रवादी गायिका राईको तिमीलाई हङकङ पुरयायो आइडी कार्डैले व्यापक हिट भयो। सवैतिर यसै गीतको वान्समोर आएको गायिका राईको भनाई छ।

त्यस्तै तिमी मसंग नबोल्ने अरे, इन्टरनेटैमा, ढडिया थापि देउ, पूर्वे धरान, आलु दम चना, धारापानीमा, हिमचुलीको पानी बगी, हिमाल पारी भोट, जुनी–जुनी, उत्तरमा छ, र्याइ र्याइ गर्यो सारंगी, नसोध तराईवासी लगायत सवै हिट गीत गाएर सवैलाई दंगदास पार्ने कार्य गायिका राईवाट भएको भनेकी छन्।

त्यसैक्रममा, न्यूयोर्कमा आयोजिक वल्र्ड नेपाली म्युजिक अवार्डमा राष्ट्रवादी गीतवाट बेस्ट फेमेल भोकल अवार्ड जित्न पनि सफलता पाएकी छन्। अमेरिकाको अलावा बेलायत, हङकङ, युरोप लगायतका २२ देशको भ्रमण गरिसकेकी गायिका राई जुन देशमा गएपनि त्यतिकै हिट बनेकी छन्। अनि सवैको माया पाएकी छन्।

यो सवै सफलताको रहस्य आफ्ना सानी दुई छोरीहरुलाई अत्यन्त माया तथा प्यार दिएर आफ्नो अनुपस्थितिमा पनि साथ दिने प्राण प्यारो श्रीमान राष्ट्रवादी नायक नवल खड्काको साथ तथा सहयोग नै हो भनेर गायिका राईले भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्।

Nepalese Vetran Singer Satya Kala Rai with her Husband Vetran Nepalese Actor Nawal Khadka.

नेपाल फर्केयता पनि गीत–गायन, रेकर्डिङ तथा विभिन्न स्टेज प्रोग्रामका जजिङमा अत्यन्त व्यस्त वनेर दिन अपत्यारिलो ढंगले गजबले वितिरहेको पनि गायिका राईको प्रतिक्रिया रहेको छ।
प्रकाशन मिति–२०७६ साल माघ ६ गते सोमवार ।