काठमाडौं। महान पर्व तिहारको अवसरमा राष्ट्रिय लोकतान्त्रिक अपाङ संघको आयोजनामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भएको छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान कार्यक्रम भएको हो।

आयोजक राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका केन्द्रिय कार्य समितिका अध्यक्ष भोजराज श्रेष्ठको सभापतित्व तथा कार्यक्रम संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका एक से एक नेताहरुले अपाङ्गताका सवालमा आफूहरुले सक्दो गर्ने र आम नागरिक सरह अधिकार दिन कटिबद्ध भएर लाग्ने बचनबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सौहाद्र्धपूर्ण उपस्थिति रहेको थियो।

प्र्रकाशन मिति–२०७६ साल कात्तिक ९ गते शनिवार ।