पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईको सिफारिस गरेको छ।

गत फाल्गुण १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीकी ताप्लेजुङको पाथिभरामा हेलिकप्टर दूर्घटनामा मृत्यु भएपछि रिक्त भएको प्रतिनिधिसभा सदस्यको उप–निर्वाचनमा नेकपाले एकमात्र उम्मेदवारको रुपमा रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको सिफारिस गरेको हो।

नेकपा जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले विद्या भट्टराईकोको मात्र नाम सिफारिस गर्ने सहमति भएको जनाइएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक ८ गते शुक्रवार ।