काठमाडौ। देशभरका संगीतकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघको चौथो केन्द्रिय महाधिवेशन संपन्न भएको छ। शनिवार काठमाडौको भृकुटी मण्डप स्थित खुल्ला मञ्चमा आयोजित कार्यक्रममा संघको केन्द्रिय महाधिवेशन संपन्न भएको हो।

संघका अध्यक्ष नवराज घोरासैनीको सभापतित्वमा संपन्न महाधिवेशनमा नेपालका कानून मन्त्री शेरवहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

महाधिवेशनमा नेपालका ख्यातिप्राप्त लोक गायक कुमार बस्नेत, लोकदोहरी गायिका कोमल ओली, बरिष्ठ संगीतकार बुलु मुकारुङ, गायक तथा संगीतकार टीका भण्डारी, गायिका सुनिता दुलाल, फोटोग्राफर च्याङ्बा लामा, लोकदोहरी गायिका उमा श्रेष्ठ लगायतलाई सम्मानित गरिएको थियो।महाधिवेशनमा एक से एक लोकदोहरीका गायक–गायिकाले गजव–गजवका गायन प्रस्तुत गरेर सवैलाई मोहित बनाएका थिए।प्रकाशन मिति–२०७५ साल जेठ १२ गते शनिवार ।