काठमाडौं। विश्वभर नै महामारीको रुपमा आतंक मच्चाइरहेको कोरोनाभाइरसका कारण भारतमा पनि लकडाउन रहेको छ। हप्तौदेखिको लकडाउनका कारण कतिले कपाल काट्न पाएका छैनन् भने, कतिको दाह्री–जुंगा पनि लामो भैसकेको छ।

लकडाउनका कारण भारतमा पनि सवै सैलुन बन्द रहेको छ। भारतको उत्तरप्रदेश स्थित बृन्दाबन मथुरामा विवाह गरेर गएकी नेपाली चलचित्रको कुनैबेला अत्यन्त बिजी नायिकाको रुपमा नाम कमाएकी विपना थापालाई भने यो लकडाउनमा आफूले सिकेको सीपलाई मज्जाले प्रयोग गर्ने अवसर भएको छ।

नेपालमा रहंदा सान्द्रा पुन तथा निल डेविडसंग हेअर कटिङ र हेअर स्टाइल सिकेकी नायिका थापाले यदाकदा त्यसलाई प्रयोग गर्ने गरेतापनि सही रुपमा प्रयोग गर्न पाएकी थिइनन्। यो लकडाउनमा भने, श्रीमान डा.आशुतोष भारव्दाजको हेअर–कट तथा हेअर–स्टाइल बनाउने कार्य नायिका थापावाट भएको छ।

कपाल लामो न लामो भैरहेको थियो–सैलुनहरु पनि लकडाउनका कारण बन्द छ–अनि मेरो पुरानो सीपलाई प्रयोग गर्न पाए भनेर नायिका थापाले भिजन संसार डटकमसंग कुराकानी गर्दै भनेकी छन्।

भगवान श्रीकृष्णको जन्मभूमि पावनभूमि बृन्दावन मथुरामा रहेको आलिशान महलमा लकडाउनका कारण काम गर्ने सवै विदामा गएको कारण सवै काम आफूले नै गर्दागर्दै अरुलाई फुर्सद भएको बेला आफू त अत्यन्त बिजी बनेकी छु पनि भनेकी छन्। पहिला फिल्मको काममा बिजी बनेर बिजी अवार्ड पाए, अब भने घरकै काम गरेर बिजी अवार्ड मिलिरहेको ठट्टा पनि उनले गरेकी छन्।

https://www.facebook.com/kushagrabips.bhardwaj/posts/3132022996842774?__xts__[0]=68.ARAhRzTs27fF69iawpAYYiqSYNX2GBzLASgMTvNwR4OJMbDS3Zjt21UEjwgf_Sw8s6hFXWCfIcH7m5rS93Y6hYJhp_SdYQPplcX6_nlxv11rVV-_GY2GC1LuWT48jdaOlXx0I9GEKENKgWFj8cqEKBfsTo70kdUubCbW8ty6iByXyiC5nLbQGqBlUHV3TIak1m5zqANUe-RTtPKjU7IitRUca5Udw-ko0G0UV49bz3L3w8XK_6Tk1OM9YGja2JxAEaB_phXeMx2HuocIhs0jyr73ECqRO2Oc7mX6&__tn__=K-R

प्रकाशन मिति–२०७६ साल चैत २३ गते आइतवार ।