Samaya Drishya 4काठमाडौ। नेपालमा महाभूकम्प गएको बैशाख १२ गते एक बर्ष पुग्दा विभिन्न कार्यक्रमको आयोजना गरियो। भूकम्पवाट बच्ने उपाय तथा भूकम्पमा परेर ज्यान गुमाउनेहरुको नाममा संझना गर्ने लगायतका कार्यहरु भएको छ।

यसै सन्दर्भमा बेलायतमा भने फरक ढंगले नेपालको महाभूकम्पलाई संझ्ने प्रयास गरेको पाइएको छ। लण्डनमा रहेका पुराना नेपाली रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागको निर्देशनमा महाभूकम्पलाई संझाउने नाटक समय दृश्य मंचन गरिएको छ।

Samaya Drishya 3

लण्डनको रेडिङ्गस्थित साउथ रेडिङ्ग युथ एण्ड कम्युनिटी सेन्टरमा नाटक समय दृश्यको मंचन गरिएको थियो। फस्ट एजुकेट नेपालको प्रस्तुति तथा इन्टरनेशनल नेपलिज आर्टिष्ट सोसाइटीको सहयोगमा प्रस्तुत नाटकलाई लण्डनमा रहेका नेपालीहरुले अत्यन्त मन पराएको रंगकमी एवम् निर्देशक बैरागले बताएका छन्।

लामो समयदेखिको अथक प्रयास र मेहनतले सगर चुम्दा अत्यन्त गर्व लागेको पनि बैराग भन्छन्। भक्त स्याङ्गतानको लेखन, तेन्जी लामा पाख्रिनको निर्माण प्रस्तुति रहेको नाटक समय दृश्यमा बेलायतमा नै रहेका ज्यासङ्ग लिङ्गदेन, दीपक गुरुङ्ग, सुरेश श्रेष्ठ, ओमकार अधिकारी, दुर्गा गुरुङ्ग, प्रसुना कँडेल, जानु काम्वाङ्ग लिङ्गदेन, रोशन राई, अञ्जु, सुस्मिता, गंगा, अलिसा लगायतका रंगकर्मी कलाकारहरुको यथार्थपरक स्वभाविक अभिनय रहेको थियो।

यी कलाकारहरुको स्वभाविक अभिनयमा दर्शक गंभीर बनेका थिए। नाटक समय दृश्यमा महाभूकम्पमा परिवार गुमाएकाहरुको पीडा, घाइतेहरुको आर्तनाद, सर्वस्व गुमाएर बिल्लीबाठ बनेकाहरुको दूर्दशा, राहत वितरणमा देखिएको विकृति र सरकारी अव्यवस्था लगायतका कुराहरुलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिश गरिएको छ।

प्रकाशन मिति–२०७३ साल बैशाख १२ गते आइतवार ।