Thinle 1काठमाडौ। विश्वप्रसिद्ध नेपाली चलचित्र क्याराभानका नायक लेण्डुप थिन्लेको आइतवार दुःखद निधन भएको माथिल्लो डोल्पाका स्थानिय स्थायी बासिन्दा थिन्लेको डोल्पाकै खेत्कामा निधन भएको बताइएको छ।

पेटको क्यान्सरवाट पीडित थिन्ले डोल्पाको दुनैवाट चवाङ्गतर्फ जाने क्रममा निधन भएको डोल्पा स्थित समाचारदाताले उल्लेख गरेका छन्।

फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्देशन रहेको ओस्कार अवार्डमा समेत मनोनित नेपाली चलचित्र क्याराभानमा नायक थिन्लेको स्वभाविक यथार्थ अभिनय रहेको छ। थिन्लेको यथार्थता बोकेको स्वभाविक अभिनयले क्याराभानलाई उत्कृष्ट बनाएको मानिन्छ।

प्रकाशन मिति–२०७३ साल बैशाख १२ गते आइतवार ।