काठमाडौं। आज बुधबार बिहान करिब ५ः४२बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ। एकाविहानै आएको भूकम्पको धक्काले लमजुङवासीको निन्दा हराम वनाएको थियो। लमजुङका समाचार प्रतिनिधिका अनुसार, भूकम्पको धक्का कडा नै महशुश भएतापनि कुनै क्षतिको विवरण भने आएको छैन्।

विशेषत लमजुङको खुदी, भुलभुले, सिम्पानी क्षेत्र देखि सदरमुकाम बेसीशहरमा भूकम्पको धक्का कडा नै महशुश भएको थियो। यस भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो।


प्रकाशन मिति–२०७८ साल जेठ ५ गते बुधवार ।