काठमाडौं। नौलो डिजिटलको प्रस्तुतिमा नयाँ गीतको भिडियो निर्माण भएको छ। लैजाऔ लैजाऔ लाग्छ बोलको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको हो।

गायक प्रतापदास तथा गायिका एञ्जिला रेग्मीको युगल गायन रहेको छ। गीतकार विजय शिवाकोटीको गीत तथा जीवन बाबुको संगीत रहेको गीतको भिडियोको छायाँकन, कन्सेप्ट तथा ड्रोन ज्ञानेन्द्र शर्माले गरेका छन्। संगीत संयोजन जीवन बडुको रहेको छ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, एञ्जिला रेग्मी, विष्णु सापकोटा, अजयश्रीस मगर र चाहना बस्यालको अभिनय रहेको छ। निर्देशन रोशन पुरीले गरेका छन्।

प्रकाशन मिति–२०७७ साल पुस ४ गते शनिवार ।