Gold Medalist Dancer Mr.Swojan Raghubanshi
Gold Medalist Dancer Mr.Swojan Raghubanshi

काठमाडौ। नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीले विदेशीहरुलाई समेत नचाएका छन्।

आइतवार काठमाडौको कमलादी स्थित साधना कला केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न देशवाट आएका विदेशी पाहुनाहरुलाई नेपाली पोशाकमा नचाउन स्वजनले सफलता प्राप्त गरेका हुन्।

कठिन भन्दा कठिन भैरबी नृत्य देखि कत्थक तथा भरत नाट्यममा पनि त्यतिकै पोख्त डान्सर स्वजनको डान्समा सवै विदेशीहरु मन्त्रमुग्ध भएर नाचेका थिए। जुन नाचले विदेशीहरुमाझ नेपाली नृत्यको पहिचान अभिबृद्धि गर्न स्वजन सफल भएको साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले बताएका छन्।

Swojan Raghubanshi 2यिनै गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीले डान्समा नै पिचएडी गर्ने सोच बनाएका छन्। डान्स पढेर डान्समा नै डाक्टरेट गरेर डाक्टर बन्ने सोचमा रहेका डान्सर स्वजन निकट भविष्यमा भारत गएर डान्समा पिएचडी गर्ने भएका छन्।

Swojan Raghubanshi 1संभवत अर्को बर्षसम्म पिएचडी गर्न स्वजन भारत जाने तयारीमा रहेका छन्। पिएचडी गरेर डाक्टर स्वजन रघुबंशी बन्ने स्वजनको मिसन र भिजन नै भएको छ। यो मिसन र भिजन पूरा गरेरै आउने योजनामा उनी क्रियाशील छन्।

Swojan Raghubanshi 3प्रकाशन मिति–२०७४ साल जेष्ठ १४ गते आइतवार ।