काठमाडौ। रसियामा भैरहेको २१ औं संस्करणको विश्वकपको दोश्रो दिनको खेलमा शुक्रबार इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा भएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित बनेको हो। उरुग्वेका लागि खेलको ९० औं मिनेटमा डिफेन्डर जोसे गिमिनेजले फ्रिकिक मार्फद उत्कृष्ट हेड गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

खेलको अन्तिमसम्म उरुग्वेलाई रोकेको इजिप्टले ९० औं मिनेटमा भने गोल खान पुगेको थियो। खेलअवधिभर दुवै टोलीले पाएका केही सुन्दर अवसर सदुपयोग गर्न भने सकेनन्। खेल अवधिभर इजिप्टलाई दबाबमा राखेपनि उरुग्वेले गोल गर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो।
प्रकाशन मिति–२०७५ साल असार १ गते शुक्रबार ।