काठमाडौ। एक बर्षअगाडि नेपालकी तरकारीवाली भनेर विश्वभर फेसबुक मार्फत भाइरल बनेकी चितवनकी कुसुम श्रेष्ठ नायिका बनेको खुलासा भएको छ। तरकारीवालीवाट यथेष्ट नाम कमाएकी कुसुमले आफू चलचित्र लम्फूमा नायिका बनेको कुरालाई खुलासा नगरिकन छिपाएर राखेको बताएकी छन्।

Tarkariwali Kushum 1

चुपचाप नायिका बनेर रिलिजको बेला पारेर कुसुमले उक्त कुराको खुलासा गरेकी हुन्। चलचित्र लम्फुमा नायिका बनेर अभिनय गरेवापत प्राप्त पारिश्रमिक पनि तरकारीवाली कुसुमले अनाथ बाल–बालिकाका लागि खर्चिएको बताएतापनि कति पैसा प्राप्त गरेको हो भन्ने कुरा खुलाएकी छैनन्।

Tarkariwali Kushum 2

सुुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताएपनि चलचित्र लम्फू टिमको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्री सम्म निःशुल्क शिक्षाको लागि छात्रावृत्ती प्रदान गरेको कारण कुसुमले अभिनय गरेको भित्री रहस्य पनि खुलाएकी छन्।

गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुसुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए । उक्त फोटोहरु पहिले भारतमा भाईरल बनेका थिए । भारतियहरुले नेपालकी तरकारीवाली भन्दै भाईरल गरेका थिए । त्यसपछि नेपाल र भारतका सञ्चारमाध्यमहरुमा कुसुम तरकारीवाली भनेर विश्वभर भाइरल बनेकी थिइन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।