काठमाडौं। फोटोग्राफी तथा फ्रेमिङमा नविनतम सोच र फरकपना ल्याएर विश्वविख्यात बनेका फोटोग्राफर च्याङ्बा लामाको अत्याधुनिक सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको नयाँ साजसज्जा सहित औपचारिक शुभारम्भ भएको छ।

काठमाडौं नयाँ बानेश्वर स्थित कान्तिपुर सिटी कलेजको अपोजिट बुद्धनगरमा रहेको च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको शुभारम्भ भएको हो।

आइतबार औपचारिक कार्यक्रमका बीच हिमाली क्षेत्रको फोटोग्राफीमा विश्वविख्यात अग्रज फोटोग्राफर जगदिश तिवारीले रिबन काटेर अत्याधुनिक सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको शुभारम्भ गरिएको हो। शुभारम्भ कार्यक्रममा अग्रज फोटोपत्रकार विकास रौनियार, डान्सर अनुपम श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो।

शुभारम्भको दिन नेपालका ख्यातिप्राप्त सेलिब्रेटीहरु मञ्जु पौडे्ल, पूजा सुनुवार, जादूगर महादेव त्रिपाठी, अभिनेत्री अनिता केसी लगायत सयौंले अत्याधुनिक सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टर पुगेर विश्वविख्यात फोटोग्राफर च्याङ्बा लामालाई बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशन मिति–२०७६ साल भदौ १ गते आइतवार ।