काठमाडौं। जेठानी र देउरानी वीचको संवन्ध जहिले पनि कटुता हुने गरेको तथा उनीहरु वीचको संवन्ध सौताहरुको भन्दा डरलाग्दो हुने गरेको सुनिएकै हो। सौताहरु बरु, मिलेर बस्ने गर्दछन्। जेठानी–देउरानी वीच जहिले पनि प्रतिस्पर्धा र कटुता नै हुने गरेको पाइन्छ।

अर्कोतर्फ नन्द र आमाजुप्रति सदा नमस्तक हुने गरेको तथ्यमा भने, बलिउडकी स्वप्न सुन्दरी नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्य रायको मामिलामा भने ठीक उल्टो भएको छ। ऐश्वर्यकोघर झगडा सासुआमा जया बच्चनमा मात्र सिमित नभइकन आमाजु अर्थात श्रीमान अभिषेक बच्चनको दिदी स्वेतासंग पनि तिक्तता बढिरहेको खुलासा भएको छ।

अमिताभ बच्चनकी छोरी श्वेतासँग केही समयदेखि ऐश्वर्याको बोलचालै बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत बुधबार श्वेताद्वारा लिखित पहिलो उपन्यासको विमोचन कार्यक्रम थियो।

बच्चन परिवारका लागि निकै महत्व राख्ने उक्त कार्यक्रममा ऐश्वर्या र अभिषेक उपस्थित भएनन्। उनीहरु भने, छोरी आराध्यालाई लिएर कबड्डी म्याच हेर्न पुगेका थिए। ऐश्वर्याकै दवावले अभिषेकले पनि श्वेताको कार्यक्रम ‘बहिष्कार’ गरेको बुझिएको छ।

त्यसो त पछि अभिषेकले सामाजिक सञ्जालमा पुस्तक विमोचनको फोटो राखेर श्वेतालाई बधाई दिए। तर, ऐश्वर्याले यति पनि गरिनन्।

किताब बिमोचन कार्यक्रममा अमिताभ र जयाका साथै केही चलचित्रकर्मीहरु पनि आएका थिए। बुहारी नआउँदा त श्वेतालाई केही फरक परेन होला, तर भाई पनि नआएपछि उनी निराश देखिइन्।

ऐश्वर्या र श्वेताको बिग्रेको सम्वन्ध केही दिन अगाडि एक कार्यक्रममा छरपष्ट भएको थियो । श्वेताको फेसन चेनको उद्घाटन कार्यक्रममा ऐश्वर्या आफ्ना पति अभिषेकसँगै पुगेकी थिइन्। तर, श्वेतासँग उनको बोलचालै भएको देखिएन। उनीहरु एक अर्कासँग तर्किएका थिए।

ऐश्वर्या औपचारिकता निभाउन मात्रै सो कार्यक्रममा उपस्थित भएकी थिइन्। सोही कार्यक्रममा अभिषेककी पूर्वप्रेमिका करिश्मा कपुर पनि आएकी थिइन्। ऐश्वर्यासँग नबोलेकी श्वेता करिश्मासँग भने निकै हेलमेल भएको देखिन्थ्यो।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल असोज ३० गते मंगलवार ।