काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा कोरोना संक्रमित बनेकी विश्व सुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय तथा उनको छोरी आरध्या बच्चनको पछिल्लो कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। जसको पुष्टि ट्वीट मार्फत ऐश्वर्या रायको श्रीमान अभिनेता अभिषेक बच्चनले पुष्टि गरेका छन्।

मुम्बई नानावती अस्पतालमा पिता अमिताभ बच्चन र आफूसहित कोरोना संक्रमणको कारण उपचार्थ वसेको भएतापनि पत्नी ऐश्वर्या राय तथा छोरी आरध्याको पछिल्लो कोरोना परीक्षणवाट नेगेटिभ आएपछि दुवै अस्पतालवाट डिस्चार्ज भएर घर फर्केको ट्वीट मार्फत अभिषेक बच्चनले जानकारी दिएका छन्।

अभिषेक आफै भने बुबा अभिताभ बच्चनसँग अस्पतालका कर्मचारीको निगरानीमा रहने उनको ट्विटमा उल्लेख छ । बच्चन बाबु–छोरा गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए। कोरोना संक्रमित बलिउडका महानायक अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अमिताभ जुलाई ११ मा मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। आइसोलेसन बसाईका क्रममा सामाजिक सञ्जालमा सक्रिय महानायक अमिताभ बच्चनले आइतवार आफ्नो अनुभव शेयर गरेका छन्। अस्पतालको शैय्याबाट भाइरसका कारण आइसोलेसनमा बस्दा भोग्नुपरेको मानसिक असरबारे अमिताभ बच्चनले ब्लग नै लेखेका छन्। फ्यान र डाक्टरलाई धन्यवाद दिएका छन्। आफू चाँडै निको हुने विश्वास पनि लिएका छन्।

अमिताभ बच्चनले यस्तो लेखेका छन्–
भाइरसको संक्रमणपछि तपाईको उपचार तथा हेरचाह गर्ने डाक्टर तपाईको नजिक आउँदैन। डाक्टरले भिडियो च्याटका माध्यमबाट कुरा गर्छन्। यस्तो परिस्थितिमा यो तरिका राम्रो पनि हो।

उपचारका लागि भर्ना भएका मानिसलाई भेट्न हप्तौसम्म कोही आउँदैन। डाक्टर, नर्स पनि पीपीई लगाएर आउँछन्। मानिसलाई रिमोट ट्रिटमेन्ट दिरहेको अवस्था छ। के यसको मानसिक स्वास्थ्यमाथि असर पर्छ ? मनोविदका अनुसार पर्छ।

विरामी यहाँ (अस्पताल)बाट फर्केपछि परिवर्तन हुन्छ। उ समूह–समाजमा जान डराउँछ। उनीहरुलाई लाग्छ कि मानिसहरुले आफूसँग फरक व्यवहार गर्नेछन्। भाइरस सँगै बोकेर हिँडेको जस्तो व्यवहार देखाउने छन्। यसबाट विरामीहरुमा गहिरो एक्लोपन विकसित भइरहेको छ।


प्रकाशन मिति–२०७७ साल साउन १२ गते सोमवार ।