काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नंबर २ स्थित तैलुङ जंगल क्षेत्रमा डढेलो लागेको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा विहानैवाट डढेलो लागेको हो।

जसको नियन्त्रण सांझमा भएको छ। नेपाली सेनाको अथक प्रयासवाट डढेलो नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ। डढेलो नियन्त्रणका लागि सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नी नियन्त्रक टोली र ३ वटा दमकलसहित खटिएको थिए । डढेलो निभाउन सेना, प्रहरी, नगरपालिका, निकुञ्ज कर्मचारी र स्थानीय खटिएका थिए।

यससाथै दिउँसो जंगलको माथिल्लो भेगको डढेलो निभाउन हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरमार्फत् जंगलमा पटकपटक पानी छोडिएको थियो ।
प्रकाशन मिति–२०७७ साल चैत्र २९ गते आइतवार ।