Sher Bahadur Deubaकाठमाडौ। सरकारवाट बाहिरिने पक्का–पक्की भैसकेको अन्तिम अवस्थामा माओवादी केन्द्रले सरकार नछाडेपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई विनाविभागीय बनाइदिएर अपमान गरेका छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई विनाविभागीयमा सारेका छन् ।

यता राप्रपाबाट सरकारमा सहभागीहरुलाई जिम्मेवारी तोकेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ । यता गृहमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट हटाएर विनाविभागीय बनाइएको छ। सोमवार मात्र कांग्रेस प्रवेश गरेका विजय गच्छेदारलाई उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री दिएर सम्मानित गरेका छन्।

प्रधानमन्त्री देउवाले यसअघि राप्रपाका चारजनालाई विना विभागी मन्त्री बनाएका थिए। त्यसैगरी अन्य चारजनालाई राज्यमन्त्रीमा नियुक्त गरिए पनि माओवादीले सरकार नछाडेपछि विनाविभागीयमा राखिएको थियो । नेकपा माओवादी केन्द्रबाट देउवा सरकारमा कृष्णबहादुर महराका उपप्रधान तथा परराष्ट्र मन्त्री, जनार्दन शर्मा गृहमन्त्री र शिवकुमार मण्डल आपूर्ति मन्त्री थिए।

त्यसैगरी आशा कोइराला सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा थिइन् । उनीहरु सबै विनाविभागीय भएका छन् ।
प्रकाशन मिति–२०७४ साल असोज ३१ गते मंगलवार ।