काठमाडौं। प्रतिष्ठित चलचित्रकर्मी सिर्जना जोशीको निर्माणमा निर्मित विलकुलै नयाँ नेपाली चलचित्र ‘सरौतो’ नेपालका ७५ भन्दा बढी हलहरुवाट एकसाथ रिलिज भएको छ।

शुक्रबारवाट सिनेमा हलहरुमा रिलिज भएको चलचित्र ‘सरौतो’को विषयवस्तु नै कान नसुन्ने पात्र रहेको छ। त्यो पात्रमा बलियो भूमिकामा स्वभाविक अभिनय गर्ने कार्य नायिका सुमी मोक्तानले गरेकी छन्। सुमी यस चलचित्रमा एक्शन रोलमा गजबले जमेकी छन्।

यो चलचित्रलाई निर्देशक हरि हुमागाईंले निर्देशन गरेका हुन्। यो चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, युवराज लामा, विजय लामा, धिरेन शाक्य, अरुणा कार्की, सुवाम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोयसहितको अभिनय छ।


प्रकाशन मिति–२०७६ साल मंसीर १३ गते शुक्रवार ।