काठमाडौं। अग्रज संचारकर्मी एवम् गीतकार शान्तिप्रियको मौलिक तीज गीत सार्वजनिक भएको छ। सीसी नेपाल च्यानलबाट शान्तिप्रियको मौलिक तीज गीतको भिडियो सार्वजनिक भएको हो।

छुनुमुनु गर्दै बोलको तीज गीतमा शान्तिप्रियको शव्द तथा संगीत संयोजन एवं
संगीत राकेश सोनीको रहेको छ। बिन्दु बिसीको गायन छ।

कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन्। गीतमा अप्सरा पुरी, बर्षा तामाङ एवं झरना परियार फिचरिङ छन् ।

प्रकाशन मिति–२०७९ साल भाद्र ४ गते शनिवार ।