काठमाडौं। प्रेमीहरुको महान पर्व भेलेन्टाइन–डेको अवसरमा काठमाडौंको लाजिम्पाट स्थित ओशिश व्युटी स्पाको आयोजनामा ओशिश स्पा भ्यालेन्टाइन फेसन–शोको आयोजना भएको छ। भ्यालेन्टाइन–डेको अघिल्लो दिन पेजेन्ट नेपालको संयोजनमा भएको हो।

आयोजक ओशिश व्युटी स्पाका कार्यकारी प्रमुख सुशीला थापाका अनुसार कार्यक्रममा विभिन्न गायक–गायिका तथा कलाकारहरुका साथमा भ्यालेन्टाइन स्पेशल फेसन–शो भएको छ। काठमाडौंको धुम्बाराही रिंगरोड स्थित स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो भएको हो।

जसमा गायक सपन श्रेष्ठ, बिनोद ढकाल, सावित्री प्रिथि, रामकृष्ण श्रेष्ठ, जय देवकोटा लगायतको सांगितीक प्रस्तुति रहने छ भने लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल छन्देको जादूमय प्रस्तुति तथा चर्चित डान्सर रोहीत मगरको आकर्षक प्रस्तुति रहेको थियो। २० जना मोडलहरुको -याम्प शो भएको उक्त शोमा नायिका तथा मोडल ऐनी कुंवर, नायक संजित भण्डारी तथा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड,मलेसियाका विजेता मोडल सिलाष्मा हमाल शो स्टपर्स बनेका थिए।

साँझ ५ बजेबाट शुरु भएको उक्त शोको कोरियोग्राफी स्वस्तिका कार्कीको रहेको छ। -याम्पमा फेसन शो गर्ने पुरुष मोडलहरुमा शेर खान, राकेश बखुन्छे, जोसेफ बस्नेत, सुदर्शन श्रेष्ठ, सागर मगर, जेवीक श्रेष्ठ,सुमन घिमिरे र प्रिन्स प्रसिद्ध सिंह थापा रहेका थिए भने महिला मोडलहरुमा हिमा विष्ट, लक्ष्मी खत्री, कामना काफ्ले, रसिला गुरु, बिना थापा, स्प्रिह श्रेष्ठ, सुस्मिता श्रेष्ठ, पुष्पा कुंवर, प्रिया ढकाल र अक्षेता पोख्रेल रहेका थिए।

आयोजक पेजेन्ट नेपालकी प्रबन्ध निर्देशक एवं फेशन डिजाईनर ममोथा बस्नेत तथा क्रिजुसु बुटीकका फेशन डिजाईनर सुशिला थापाको आकर्षक डिजाईनका ड्रेसलाई मोडलहरुले मायावी मनमोहक प्रस्तुति दिएका थिए । साथै भ्यालेन्टाईन्स डेको अवसर भएकोले विशेष जोडी पहिरनलाई आकर्षक ढंगले ¥यामपमा मोडलहरुलाई प्रस्तुत दिएको आयोजक तथा ओशिश स्पाकी कार्यकारी प्रमुख सुशिला थापाले बताएकी छन्।
प्रकाशन मिति–२०७६ साल फागुन ४ गते आइतवार ।