Palpasha Dangol's Birthday 5काठमाडौ। बुद्ध जयन्तीको अघिल्लो दिन हरेक बर्ष जन्मदिन मनाउंदै आएकी अभिनेत्री पल्पासा डंगोलले यो बर्ष पनि सोही दिन पारेर शुक्रबार जन्मदिन मनाएकी छन्। लामो भागको सिरियल मेरी बाँस्सैवाट चम्सुरी उपनामा पाएकी अभिनेत्री डंगोलको लागि यो बर्षको जन्मदिन अझ खास महत्वको भएको छ।

Palpasha Dangol's Birthday 4अघिल्लो बर्ष भूकम्पको कारण खुलेर रमाइलोसंग जन्मदिन मनाउन नपाएकी अभिनेत्री डंगोलले यो बर्ष रमाइलोसंग काठमाडौको टंगाल स्थित घरबार रेष्टुरेन्टमा चिनेजानेका सवै साथीभाइलाई बोलाएर मनाउन पाउंदाको उमंग नै बेग्लै भएको भनेकी छन्।

Palpasha Dangol's Birthday 1उमेरको हकमा तीस नाँघेकी र चालिस नकटेको बताउन रुचाउने डंगोल आफूलाई अझैपनि आफ्नो उमेर सोह्र बर्ष जस्तै लाग्ने गरेको अनुभव सुनाउंछिन्। उमेर जतिसुकै भएतापनि मनलाई उमेरसंग कहिले पनि तुलना गर्न नहुने र सधैं सकारात्मक सोचले जिन्दगी सदावहार हुने निक्र्यौल डंगोलको रहेको छ।

Palpasha Dangol's Birthday 2त्यसैले पनि जतिसुकै दुःख तथा पीडामा पनि तिखा–काँडाका वीचमा फुलेको गुलाबको फुलजस्तो हाँस्न जान्नु पर्छ भनेर आफ्नो जन्मदिनको दिन सवैलाई उनले भनेकी छन्। चम्सुरी अभिनेत्री डंगोल चलचित्रको अभिनयको अलावा विभिन्न तारे होटलहरुमा नृत्य व्यवसायको प्रवद्र्धन गर्नमा नै व्यस्त बन्दैआएकी छन्।

Palpasha Dangol's Birthday 6प्रकाशन मिति–२०७३ साल जेठ ८ गते शनिवार ।