Ganga's Teez progm 3काठमाडौ। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको काठमाडौ जिल्ला कमिटीको आयोजनामा यो बर्षको तीजको सभ्य तथा भव्य दरखाने कार्यक्रम हुने भएको छ। आयोजक काठमाडौ जिल्ला कमिटीका अध्यक्ष तथा प्रसिद्ध मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठका अनुसार तीजको दरखाने कार्यक्रम यही साउन २८ गते शनिवार काठमाडौको नयाँबजार लिंकरोड स्थित जस्मिन पार्टी प्यालेसमा हुने भएको छ।

Ganga's Teez progm 1

सौन्दर्यकर्मी महिला दिदीबहिनीहरुलाई तीजको मैत्रीपूर्ण दर खुवाउने कार्यक्रममा प्रमुख आकर्षणका रुपमा पूर्वमिस नेपाल उषा खड्गी हुने भएको छ। साथमा गायिका योजना पुरी, नायक तथा मोडल दिक्पाल कार्की लगायतको विशेष उपस्थिति र आकर्षण हुने आयोजक कमिटीकी अध्यक्ष गंगा ज्यो श्रेष्ठले भनेकी छन्।

Ganga's Teez progm 2सौन्दर्यकर्मी महिला दिदीबहिनीहरुको हक, हित तथा अधिकारका लागि कटिवद्ध संस्था सौन्दर्यकर्मी युनियन नेपाल काठमाडौ जिल्ला कमिटीको यो गौरबमय कार्यक्रम भएको जिकिर पनि अध्यक्ष श्रेष्ठको रहेको छ। जसमा काठमाडौमा रहेका सौन्दर्यकर्मी महिला दिदीबहिनीहरुको बृहत जमघट हुने भएको छ। बर्षभरिका दुःखलाई विर्सेर नाचगान गरेर रमाउने यस कार्यक्रममा रहेको आयोजक श्रेष्ठले भनेकी छन्।
प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।