काठमाडौ। स्वभाविक स्वरकी असाधारण गायिका पूजा सुनुवारको बेजोड तीज गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ। युट्युबवाट विश्वव्यापी भएको पूजाको बेजोड तीज गीतको भाका नै माईत जाने हो।

तीजमा धेरैपछि माईत जान कम्मर कसेकी पूजाको यो तीज गीत गायन करियरको नयाँ टर्निङ प्वाइन्ट हो। सवैखाले गीत तथा विभिन्न भाषाका गीत गाउन समेत माहिर पूजाको यो तीजको गीतमा मैना सुनुवारको शब्द, आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ।

निर्देशन शेर शाउद ,छायांकन महेश महरा ,सम्पादन बिरेन्द्र महराको रहेको छ। गीतको भिडियोमा सम्झना लामा लगायतका कलाकारहरुका साथमा गायिक पूजा सुनुवारको समेत नृत्य तथा अभिनय रहेको छ्र।

प्रकाशन मिति–२०७५ साल साउन २० गते आइतवार ।