Hongkong Award 3काठमाडौ। नेपाल चलचित्र विकास वोर्ड तथा नेपाल चलचित्र संघ हंगकंगको संयुक्त आयोजनामा हंगकंगमा आदिवासी चलचित्र सम्मान भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। आइतवार हंगकंगमा आयोजित भव्य कार्यक्रममा सम्मानित हुनेहरुलाई नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सम्मान प्रदान गरिएका हुन्।

सम्मानित हुने आदिवासी चलचित्रमा मनिषकुमार श्रेष्ठ निर्मित तथा अभिनित बर्षकै चर्चित चलचित्र तुयुमति रहेको छ। नेपालभाषामा निर्माण भएको चलचित्र तुयुमति नेपाल र बेलायतको कथामा आधारित मार्मिक तथा सन्देशमुलक चलचित्र हो। जुन चलचित्र हंगकंग नेवार समाजको पहलमा हंगकंगमा भव्य च्यारिटी–शो हुन गैरहेको छ।

Hongkong Award 1]लामो समयदेखि हंगकंगमा बसोबास गर्दैआएका सुप्रसिद्ध नेपाली गायक नागेन्द्र श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको छ। हंगकंगमा नेपाली गीत गायनको माध्यमवाट नेपाली कला तथा संस्कृतिको उत्थानमा अन्तरराष्ट्रिय क्षेत्रमा गायक श्रेष्ठको अतुलनिय योगदानको कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको बताइएको छ।

त्यस्तै गरेर, आदिवासी कला तथा संस्कृतिको उत्थानमा भाषिक रुपमा लामो समयदेखि हंगकंगमा क्रियाशील बनेर नेपालमा समेत विशिष्ट योगदान दिदैआएका नेपाली उस्ताद कृष्णभक्त महर्जनलाई पनि उक्त सम्मान प्रदान गरिएको छ। सम्मान प्राप्त गरेपछि हंगकंगवाट भिजन संसारसंग संक्षिप्त कुराकानी गरेर उस्ताद कृष्णभक्त महर्जन आफूलाई अत्यन्त गर्व लागेको प्रतिक्रिया व्यक्त गरेका छन्।

भक्ति गायन तथा हंगकंगमा आदिवासीहरुको उत्थान तथा विकास कार्यमा दशकौ देखि क्रियाशील हंगकंगमा रहेका आदिवासी महिलाहरुको आवाज बन्दैआएकी हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधान सम्मानित बनेकी छन्। साथमा हरिशंकर श्रेष्ठ र किशोर श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको छ।Hongkong Award 2प्रकाशन मिति–२०७४ साल जेष्ठ ७ गते आइतवार ।