हंगकंगमा नेपालका उस्ताद कृष्णभक्त महर्जन गायिका छोरी सोनम महर्जनका साथमा ।
हंगकंगमा नेपालका उस्ताद कृष्णभक्त महर्जन गायिका छोरी सोनम महर्जनका साथमा ।

काठमाडौ। विगत १६ बर्षदेखि हंगकंग बस्दै आएका नेपालका चर्चित उस्ताद कृष्णभक्त महर्जनले हंगकंगवाटै नेपालको दशैंलाई संझेका छन्। दुई बर्षअगाडि हंगकंगवाट नेपाल आएर दशैं मनाएको झझल्को यो बर्षको विजया दशमीको महानवमीको दिन हंगकंगवाटै संझेका छन्।

दुई बर्ष अगाडि नेपालमा उस्ताद कृष्णभक्त महर्जन १०३ बर्षका हजुरबुवा रामवहादुर महर्जन तथा परिवारका साथमा ।
दुई बर्ष अगाडि नेपालमा उस्ताद कृष्णभक्त महर्जन १०३ बर्षका हजुरबुवा रामवहादुर महर्जन तथा परिवारका साथमा ।

विशेषगरेर नेपालमा तीनपल्ट भीमरथारोहण गरिसकेका करिब १ सय ३ बर्ष नाँघिसकेका हजुरबुवा रामवहादुर महर्जनसंग दशैंको बेलामा विताएका ती पलहरुलाई संझ्ने कार्य उस्ताद महर्जनवाट भएको छ। सानैमा आमाको देहान्त भएपछि हजुरबुवा र हजुरआमाको काखमा हुर्केका उस्ताद महर्जनको पिता रामगोपाल महर्जनको १५ बर्ष अगाडि नै निधन भैसकेको छ।

बाउको पनि बाउ हजुरबुवाको दशैंको बेलामा अत्यन्त संझना आउने गरेको हजुरबुवाकै सदमार्ग तथा प्रेरणाले नेपाली गीत–संगीतमा लागेर नेपालवाट हंगकंग आएर हंगकंगको आइडी समेत बन्न सक्नुमा हजुरबुवाकै आशिर्वाद भएको उस्ताद महर्जनले हंगकंगवाट भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

हाल निक्कै चर्चामा रहेको उस्ताद कृष्णभक्त महर्जनको चर्चित गीत द्योँथाय वनेत्यंम्ह मयजु बोलको गीतको म्युजिक भिडियोको रमाइलो दृश्य ।
हाल निक्कै चर्चामा रहेको उस्ताद कृष्णभक्त महर्जनको चर्चित गीत द्योँथाय वनेत्यंम्ह मयजु बोलको गीतको म्युजिक भिडियोको रमाइलो दृश्य ।

ललितपुरको सुनाकोठी स्थायी निवासी उस्ताद महर्जन सुनाकोठीमा काका–काकीसंग हजुरबुवा रहेको उनै हजुरबुवाको हातवाट दुई बर्षअगाडि दशैंको मोहनी टिका लगाएको अनि हजुरबुवाले थर्र–थर्राउंदो हातैले कानमा जमरा सिउरी दिएको त्यो क्षण यतिखेर चलचित्र जस्तै घुमिरहेको भन्छन्।

यसले गर्दा पनि छोराको विहे गर्न यही आउने मंसीर महिनामा नेपाल आउन लागेको समेत भनेका छन्। जहाँ जता बसेपनि मलाई नेपाल नै प्यारो छ भनेर दशैं संझेर उस्ताद महर्जनले आफ्नो मनको बह पोखेका छन्।
प्रकाशन मिति–२०७३ साल असोज २४ गते सोमवार ।