Hari Udashiकाठमाडौ। पछिल्लो समय नेपाल चलचित्र उद्योगमा नायकको भीडमा देखिएका हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ निर्माण भएको छ।

उदासी यस चलचित्रमा नायक नबनिकन निर्देशक बनेका छन्। केही दृश्यमा गेष्ट आर्टिष्टको रुपमा चलचित्र साथी तिमी नै हौ मा अभिनय गरेका उदासीको कथा पटकथा सम्वादमा चलचित्र बनेको छ। अरुण फिल्मस प्रा.लि.को व्यानरमा अर्जुन न्यौपानेको प्रस्तुती लिला राज ठकुरी र सन्तोष माझीको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रमा अर्जुन न्योपाने नायकको भूमिकामा रहेका छन्। चलचित्र इमानदारबाट ४ वर्ष पछि फर्किएर पुनः नायक भएका छन् भने लिला राज ठकुरी नव नायकको रुपमा प्रस्तुत भएका छन्।

Jharana Thapa.1

सन्तोष माझी सशक्त खलनायकको रुपमा उदयीमान हुदैछन् । नायिकामा झरना थापा रहेकी छन्। साथमा अनामिका चौलागाई, पल्पसा डंगोल, सुरबिर पंडित, रविन्द्र खडका, सुदर्शन आचार्य, मुना प्रसाई, कल्पना पाण्डे, विमल नेपाली लगायत बाल कलाकार प्रनीत कार्की र लता कार्कीले अभिनय गरेका छन्। नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष राम केशर बोगटी र चलचित्र विकाश बोडका सदस्य सचिव राजेन्द्र केसीले समेत अभिनय गरेका छन् । चलचित्रको संपूर्ण छायाँकन समाप्त भएर हाल सम्पादनको टेवलमा पुगेको छ।

Jharana Thapa

चलचित्र साथी तिमी नै हौ मा दृष्य दर्शन प्रोडक्सनको उपकरण दिनेश श्रेष्ठको यातायात, महेश्वर कार्कीको छायाँकन, देव महर्जनको द्वन्द, रोशन पराजुली र हरि उदासीको नृत्य, महेश सिग्देलको श्रृंगार रहेको छ भने अन्नत घिमीरेले सम्पादन र कलर कलेक्शन गर्दैछन् अनि अमित श्रेष्ठले मिक्सीङ्ग र डविङ्गको जिम्मा लिएको छन् ।

चलचित्रको ९० प्रतिशत धरानको पानमारा, तालतलैया, धनकुटाको भेडेटार, झापाको उर्लाबारी र ईलामको कन्यमको चिया बगानमा छायाँकन गरिएको छ । चलचित्रमा गीत संगित, लेखन, निर्देशन र गायनलाई समेत एक मुष्ट समेटदै आएका मल्टी भर्सन हरि उदासीले यस चलचित्रमा भने संगीतको जिम्मा संगीतकार पुर्ण परियारलाई जिम्मा दिएका छन् । आगामी भदौको अन्त सम्म प्रदर्शनमा आउने भनिएको चलचित्र साथी तिमी नै हौ को कथा भित्र प्रेम, रोमान्स पारिवारीक र अन्तरजातिय प्रेम प्रसंगलाई मुख्य आधार बनाईको छ ।
प्रकाशन मिति–२०७३ साल असार १५ गते बुधवार ।