Bhairav Bahadur Thapa

काठमाडौ। चर्चित नृत्य निर्देशक भुवन श्रेष्ठको अध्यक्षतामा हालै स्थापित नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालले नेपालका बरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापालाई बृहत सम्मान गरिने भएको छ।

यही आउने चैत्र १० गते काठमाडौमा बृहत सांस्कृतिका कार्यक्रमका साथमा नृत्य गुरुबा भैरब बहादुर थापा सम्मान साँझ २०७३ नाम दिएर कार्यक्रम गरिन लागेको संघले जनाएको छ।

वि.सं.२०१० सालमा भैरब नृत्य दलको स्थापना गरेर नेपाली विविध नृत्य तथा कलाकारितामा अपूर्व योगदान दिदैआएका ८५ बर्षिय बरिष्ठ नृत्य निर्देशक थापाको विशिष्ट सम्मानको लागि नै संघले आफ्नो पहिलो कार्यक्रम गर्ने तय गरेको पनि संघले भनेको छ।

सम्मान कार्यक्रममा परम्परागत चर्या नृत्य, सांस्कृति, लोक नृत्यदेखि साल्सा, हिपहप, कन्टेम्पोररी नृत्य लगायत प्रस्तुत हुने भएको छ।

Bhairav Bahadur Thapa.1प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार । (महाशिवरात्री)