Tilak Bam Malla in Death Sea 1

काठमाडौ । विश्वकै होचो स्थानको रुपमा इजरायलको डेथ–सी अर्थात मृतसागरलाई मानिने गरेको छ। इजरायलको यो मृतसागरले मानिसलाई मार्ने कार्य भने अवश्य गर्दैनन्। बरु, मानिसलाई डुब्नबाट बचाउने गरेको तथ्यलाई परिबेष ब्याण्डका ख्यातिप्राप्त गायक तिलकबम मल्लले खुलासा गरेका छन्।

Tilak Bam Malla

गत दशैंअगाडि मात्र नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ एनआरएन इजरायलको आयोजनामा भएको म्युजिक कन्सर्टको सिलसिलामा इजरायल पुगेका गायक मल्लले मृतसागरमा पनि डुबुल्की मार्न सफलता पाएका छन्। मृतसागरमा तैरिनको लागि कुनैपनि प्रकारको बेलुन या तैरिकी साधनको आवश्यकता नै नपर्ने मल्लले भनेका छन्।

मृतसागरमा डुबुल्की मार्दा नडुब्ने उल्टो बेलुनमा बसेजस्तो तैरिने भएकोले कुनैप्रकारको डर तथा समस्या नहुने भएकोले प्राय मानिसहरु मृतसागरमा डुबुल्की मार्ने गरेको उनले बताए। पानी असाध्यै नूनिलो हुने भएकोले नूनिलो पानीवाट आँखालाई चाहिं बचाएर तैरिने कार्य गर्नुपर्ने बताए।

Tilak Bam Malla in Death Sea 2

मृतसागरमा तैरिएर आएपछि नूनिलो पानीको कारण कपालहरु भने सेतो हुने समस्या देखिन सक्छ भनेर पनि सचेत गराएका छन्। यो बर्षको मंसिर महिनासम्ममा आइपुग्दा विश्वका १४ वटा देशमा म्युजिक कन्सर्ट दिइसकेको बताउने मल्लले अढाई दशकदेखि नेपाली पप संगीत तथा सुगम संगीतमा निरन्तरता दिदैआएका छन्। काठमाडौको पुतलीसडक न्यूप्लाजामा परिवेश रेकर्डिङ्ग स्टुडियो खोलेर सांगीतिक व्यवसाय अपनाएर आएका मल्ल बाग्लुङ्ग गलकोटका स्थानिय बासिन्दा हुन्। उनलाई पचासको दशकमा पोखराले चिनाएको हो। पोखराले नै चर्चामा ल्याएको हो।

Tilak Bam Malla in Ijrail

दर्जनौ दर्जन एल्वम निकालेर निक्कै चर्चामा आएका मल्ल पोखरामा त्यो बेला डांफे चरी नै थिए। उनलाई हेर्न मात्र दायाँबायाँ सयौ युवतीहरुको भीड लाग्ने गरेको त्यो समयलाई गोल्डेन टाइम भनेर उनले आँकन गरेका छन्।

अमेरिकाको मल्टीभिसा समेत पाएका गायक मल्ल अमेरिका बस्ने रहर गर्दैनन्। अमेरिका बस्न भन्दा घुम्नको बेग्लै मज्जा रहेको प्रतिक्रिया दिने कार्य मल्लबाट भएको छ। अघिल्लो बर्ष अमेरिका आउंदा अमेरिकामा रहेका नेपालीहरुले दिएको रेस्पोन्स र साथ उनको लागि अविस्मरणिय नै बनेको छ। मौका तथा अवसर मिलेसम्म कार्यक्रमको सिलसिलामा अमेरिका आइरहने उनले भनेका छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १२ गते शनिवार ।