अभिनयका खानी रविन्द्रलाई निर्देशन वाधक

0 minutes, 0 seconds Read

काठमाडौं। अनुहारका हरेक हाउभाउमा अभिनय नै अभिनयका खानी निर्देशक रविन्द्र शाहीमा देखिएको छ। बोल्दा, हाँस्दा अनि रिसाउंदा समेत अभिनय गरेको जस्तो रविन्द्र शाहीमा देखिदै आएको हो। तरपनि, रविन्द्र शाहीलाई अभिनय गर्न भन्दा पनि अभिनय गराउने निर्देशन कार्यको मात्र अफर आइरहेको छ।

बास्तवमा रविन्द्र शाहीलाई निर्देशन भन्दा अभिनय गर्ने धेरै जोश रहेको छ। आफू निर्देशक भन्दा अभिनेता भएको र अभिनय गर्नका लागि जन्मेको कलाकार भएको खुलासा गरेका छन्। रविन्द्र शाहीले भिजन संसार डटकमसंगको कुराकानीमा आफू वाँध्यताले मात्र चलचित्र निर्देशक बनेको तर, वास्तविक रुपमा आफू कलाकार भएको बताएका छन्।

आधा दर्जनभन्दा बढी हिट नेपालभाषाका चलचित्रको निर्देशन गरिसकेपछि हिजोआज रविन्द्रलाई हम्मेसी अभिनयका लागि वोलावट आउने गरेको छैन्। जो पनि डाइरेक्टर साहेवलाई कहाँ अभिनय गराउने भनेर पन्छिनेहरुको कमी भने छैन्। बाँध्यताले डाइरेक्टर बन्दा यतिखेर कलाकारिताको भोक लागेको बेला घाटा नै घाटा भएको ठहर रविन्द्रको रहेको छ।


प्रकाशन मिति–२०७६ साल बैशाख ३० गते सोमवार ।

Similar Posts