पाटन । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसन्सको आयोजनामा सर्वाधिक विधाको अवार्ड भएको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को मिति तय भएको छ।

संसार क्रियसन्सले जारी गरेको विज्ञप्ति अनुसार, यही आउने माघ १० गते शुक्रवार काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा भव्य तथा सभ्य रुपमा हुने निश्चित भएको हो।

३० वटा भन्दा बढी विधामा अवार्ड वितरण हुने  नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ मा नौजना स्रष्टाहरुलाई पनि भव्य रुपमा सम्मान गर्ने कार्यक्रम रहेको जानकारी आयोजक संसार क्रियसन्सका कार्यकारी प्रमुख स्वतन्त्र संसार महर्जनले भिजन संसार डटकमलाई दिएका छन्।

उक्त अवार्डमा उत्कृष्ट टप टेनमा नोमिनेशनमा पुगेका कलाकार तथा प्राविधिकहरुका लागि भोटिङ गर्ने अन्तिम मिति पुस मसान्त रहेको छ।


प्रकाशन मिति–२०७६ साल पुस १७ गते विहीवार ।