काठमाडौं। अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गरेकी छन्। आना कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन्। चितवनमा जन्मी–हुर्केकी आनाले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको कार्यक्रम प्रस्तोताका रुपमा कार्य संचालन गरिसकेकी छन्। नेपाली चलचित्रमा खेल्ने आनाको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उदेश्यका साथ अघि बढी रहेको बताएकी छन्।

चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी आनाले अन्य चलचित्रमा पनि निरन्तर काम गर्ने भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल पुस १७ गते विहीवार ।