काठमाडौं। नेपालका जैकी श्राफ उपनामवाट व्यापक चर्चा पाएका बरिष्ठ गायक सीताराम पोखरेल थाइल्याण्डमा भव्य सम्मानित बनेका छन्। थाइल्याण्डको पतैयामा आयोजित बृहत ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट गायक पोखरेल सम्मानित भएका हुन् ।

वल्ड वाइड मिडिया इन्टरनेशनलद्धारा आयोजित उक्त अवार्ड कार्यक्रममा पोखरेल लगायत विभिन्न क्षेत्रका व्यक्ति–विशेषलाई सो सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थाताका सभापति झम्मझम्म पानी पार्ने गायकको उपनामवाट परिचित रामकृष्ण श्रेष्ठ लगायतले सम्मानित गायक पोखरेलाई खादा तथा सम्मान पत्रद्धारा सम्मानित गरेका थिए।

नेपाली गीत संगीतलाई राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनिय योगदान पुर्याएका पोखरेलको उक्त योगदानको कदर गर्दै सम्मान गरिएको हो।
प्रकाशन मिति–२०७६ साल पुस १९ गते शनिवार ।