काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आठौ महाधिवेशनवाट नयाँ नेतृत्व पाएको छ। १ सय ४० सदस्य रहेको चलचित्र पत्रकार संघ नेपालको निर्वाचन रोचक तथा प्रतिस्पर्धात्मकरुपमा भएको थियो। जसमा चर्चामा रहेका दुई प्रत्यासी अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री र पहिलो महिला अध्यक्ष चलचित्र पत्रकारको होडमा रहेकी गीता अधिकारीलाई पछि पार्दै दिनेश सिटौलाले छक्का मारेका छन्।

दिनेश सिटौला चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष पदमा विजयी भएका छन्। कुल १३८ मत खसेको मतदानमा सिटौलाले ७० मत ल्याएका थिए भने सिटौलाका प्रतिस्पर्धी अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्रीले ३९ मत ल्याए। यस्तै, अध्यक्षका अन्य दुई उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याएका थिए। यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ जीवन पराजुली निर्वाचित बने । उपाध्यक्ष संगठनमा भने कुवेर डंगोल र महिला उपाध्यक्ष पदमा पनि दीपज्योती थापा दुवै निर्विरोध निर्वाचित बनेका थिए।

यस्तै, महासचिवमा समिर बलामी विजयी भए। सचिव पदमा रघुनाथ सापकोटा विजयी भएका थिए। सचिव (समावेशी)तर्फ विशाल राई निर्विरोध विजयी भए। कोषाध्यक्ष पदमा प्रदिप कार्की निर्विरोध बने। सह–कोषाध्यक्ष पदमा विनोद पोखरेलले विजयी भए।

सदस्य पदमा नविन गिरी, मनिष दाहाल, मिलन ढुंगाना, गणेश ओली, गोपीकृष्ण चापाँगाई, श्रृष्टी पोखरेल विजयी भए। सुरक्षा भट्टराई (महिला सदस्य) पदमा र दीपक गुरुङ समावेशी) पनि सदस्य पदमा निर्विरोध विजयी भएका थिए। चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष सन्दिप सापकोटाले नव–निर्वाचित अध्यक्ष दिनेश सिटौलालाई कार्यभार हस्तान्तरण गरेका छन् ।


प्रकाशन मिति–२०७६ साल चैत्र ४ गते मंगलवार ।