काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको को सम्भावित संक्रमण रोक्न काठमाडौं उपत्यकाका स्थानीय तहहरूले विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्यांक संकलन गरी कडा रुपमा निगरानी गरेका छन्।

कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार, काठमाडौंमहानगरपालिकामा विदेशबाट फर्किएकाको संख्या १ सय १७ पुगेको छ । महानगरपालिकाले फागुन १८ गतेपछि विदेशबाट फर्किएका मानिसको विवरण संकलन गर्न थालेको महानगरकाप्रशासन विभाग प्रमुख नमराज ढकालले बताएका छन्। ‘संकलित व्यक्तिहरूको विवरण स्वास्थ्यमन्त्रालय, जिल्लाप्रशासन कार्यालय तथा सुरक्षा निकायमा पठाएको ढकालको भनाई रहेको छ।

विदेशबाट फर्किएका र अझै भारतबाट आएका मानिसलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बसाउन विवरण संकलनलाई तीव्र रुपमा अघि बढाएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले२७ शैयाको क्वारेन्टाइन तयार पारेको छ।

तारकेश्वरनगरपालिकामा १ सय ६ जना विदेशबाट फर्किएका छन्। नगरपालिकाले फागुन अन्तिमसातादेखि नेपाल फर्केका व्यक्तिहरूको तथ्यांक संकलन गर्दै आएको मेयर रामेश्वर बोहराको भनाई छ। मेयर बोहराले सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको तथा स्वाब परीक्षण गर्न छलफल गर्दैगरेको बताए।

दक्षिणकाली नगरपालिकामा विदेशबाट फर्केका २४ जना छन् । उनीहरू सबै आएको १४ दिन नाघिसकेकाले सुरक्षित अनुभूति गरेको मेयर मोहन बस्नेतले भनेका छन्। ‘उनीहरूमा कुनै लक्षण नदेखिएको मेयर बस्नेतको दावी रहेको छ। उनीहरूको स्वाब परीक्षण भने गरिएको छैन्। केही लक्षण देखिए सम्पर्क गर्न भनिएको छ । नगरपालिकाले चाल्नाखेल इलाका अस्पतालमा ५ शैयाको क्वारेन्टाइन तयार गरेको छ।

कागेश्वरीमनोहरा नगरपालिकामा विदेशबाट फर्किएका ५६ जना छन् । उनीहरूमा अहिलेसम्म कोभिड–१९ को लक्षण नदेखिएको मेयर कृष्णबहादुर थापाले भनेका छन्। उनीहरूको स्वाब परीक्षण गर्ने तयारीमा रहेको मेयर थापाको भनाई छ। नगरपालिकाले ६० शैयाको क्वारेन्टाइन र ५ शैयाको आइसोलेसन कक्ष तयार गरेको छ। चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएकोछ।

गोकर्णेश्वरनगरपालिकामा विदेशबाट फर्किनेहरूको संख्या ४३ छन् । मेयर सन्तोष चालिसेकाअनुसार सबै जना सेल्फ क्वारेन्टाइनमा छन् । अहिलेसम्म कुनै लक्षण नदेखिएको र ‘चिकित्सक, जनप्रतिनिधि रसुरक्षाकर्मीको टोलीले फोनबाटै उनीहरूको स्वास्थ्य अवस्थाबारे सोधखोज गरिरहेको मेयर चालिसेले भनेका छन्।

कीर्तिपुरनगरपालिकामा हालै ५२ जना विदेशबाट आइपुगेका छन् । नगरपालिकाले उनीहरूलाई सेल्फक्वारेन्टाइनमा बस्न भनेको छ । उनीहरूको अवस्था नगरपालिकाले फोनमार्फत दिनहुँबुझिरहेको र सातामा एकचोटि चिकित्सकको टोलीले घरमै गएर परीक्षण गरिरहेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तमान मानन्धरले बताए।

बूढानीलकण्ठ नगरपालिकामा फागुन अन्तिम सातायता विदेशबाट आएकाहरू ८९ जना छन् । नगरपालिका लेदिनहुँ फोन गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आएको मेयर उद्धवप्रसाद खरेलले बताएका छन् । सातामा एकचोटि चिकित्सक टोलीले नै पनि उनीहरूको परीक्षण गरिरहेको मेयर खरेलले बताएका छन्।

चन्द्रागिरि नगरपालिकामा फागुन अन्तिम सातादेखि विदेशबाट फर्किएका मानिसको संख्या १ सय ७१ छ। नगरपालिकाले सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालसँगको सहकार्यमा कोभिड–१९ भए–नभएको परीक्षण गर्न १ सय ५६ जनाको स्वाब संकलन गरिसकेको छ । नगरपालिकाका जनस्वास्थ्य प्रवर्धन उपशाखा सहसंयोजक जगदिश्वरी अवस्थीले बाँकीको केही दिनपछि स्वाब संकलन गर्ने बताए।‘ नगरपालिकाले नगरअस्पतालमा १५ शैयाको क्वारेन्टाइन तयार गरिसकेको मेयर घनश्याम गिरीको भनाई छ।

टोखा नगरपालिकामा फागुन अन्तिम सातायता ४१ जना विदेशबाट फर्किएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले विदेशबाट फर्किएकाहरूप्रति वरपरका मानिसलेशंकाको दृष्टिले हेर्दा समस्या भएको बताए। विदेशबाट फर्किएकाहरूको स्वास्थ्यकर्मी रजनप्रतिनिधिहरूले फोनमार्फत नै जानकारी लिइरहेको उनले बताए । नगरपालिकाले ३८ शैयाकोक्वारेन्टाइन र ५ शैयाकोसामान्य आइसोलेसन कक्ष तयार गरेको छ।

शंखरापुर नगरपालिकामा विदेशबाट फर्किएका १८ जना छन् । मेयर सुवर्ण श्रेष्ठका अनुसार उनीहरू चैत ४ गतेअघि आएका हुन्। उनीहरूमा हालसम्म कुनै लक्षण देखिएको छैन। भारतबाट फर्केको एक महिना पुगिसकेका एक जनालाई सामान्य ज्वरो आएपछि सोमबार चिकित्सकसहितकोटोलीले परीक्षण गरेर क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले २३ शैयाकोक्वारेन्टाइन तयार गरिसकेको छ भने ३ सय शैयाको क्वारेन्टाइनका लागि ठाउँ तयारगरिएको छ। सुष्मा मेमोरियल र पिपुल्स केयर अस्पतालमा २–२ शैयाको आइसोलेसन कक्षतयार गरिएको छ।

नागार्जुन नगरपालिकामा हालै विदेशबाट फर्किएका १ सय ४ जना छन् । त्यसमध्ये २० जनाले आफ्नोपहिचान सार्वजनिक गर्न नमानेको तर नगरपालिकाको सम्पर्कमा रहेको मेयर मोहनबहादुर बस्नेतले भनेका छन्। ८४ जनामध्ये ४० जनाको स्वाब परीक्षण गरिसकेको र नतिजा नेगेटिभ आएको मेयर बस्नेतले बताए। ‘बाँकीको स्वाब टेस्ट गर्ने तयारीमा छौं,’ बस्नेतले भने । विदेशबाटफर्किएकाहरूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको तर स्वास्थ्यकर्मीहरूले निगरानी गरिरहेको उनले बताए । नगरपालिकाले ३० शैयाको क्वारेन्टाइन र ९ शैयाको आइसोलेसन कक्ष तयार गरेको छ।

भक्तपुरको चारवटा स्थानीय तहले पनि आफ्ना नगरमा विदेशबाट आएकालाई निगरानी गरेको जनाएको छ । मध्यपुर थिमि नगरपालिकामा ७५, भक्तपुर नगरपालिकामा ३४, सूर्यविनायकमा ४९, चाँगुनारायणमा ३४ जना विदेशबाट हालै आएको पाइएको छ।

मध्यपुरथिमिले विदेशबाट फर्केकाको घरघरमै गएर स्वास्थ्य परीक्षण गरिरहेको मेयर मदनसुन्दरश्रेष्ठले बताए। ‘उनीहरू होम क्वारेन्टाइनमा छन् । हामीले दुई पटक घरमै परीक्षण गर्यौं,’ उनले भने, ‘तेस्रो पटकचाहिँ उनीहरूको स्वाब नै परीक्षण गरिरहेका छौं।’

ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकामा हालसम्म सम्पर्कमा आएका विदेशबाट फर्कने २ सय ७० जना छन्। तिनीहरु सबैमा कोभिड–१९ संक्रमण नदेखिएको तीनै नगरपालिकाले जनाएका छन् । ललितपुर महानगरपालिकाका अनुसार हालसम्म विदेशबाट आएका ६२ जना महिला र ७६ जना पुरुष गरेर एक सय ३८ जना सम्पर्कमा आएका छन् । उनीहरु अमेरिका, मलेसिया, कतार, दुबई, चीन, इटाली, फ्रान्स, भारतलगायत देशबाट आएको महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। उनले सबै जनालाई होम क्वारेन्टाइनमा राखिएको बताए।

गोदावरीमाभने ७४ जना सम्पर्कमा आएका छन् । मेयर गजेन्द्र महर्जनले ३५ जनालाई टेकु र १९जनालाई बज्रबाराही चापागाउँ नगर अस्पतालमा चाँज गराएकामा सबैको नेगेटिभ रिपोर्टआएको बताए । ‘बाँकी सबै होम क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने।

महालक्ष्मीनगरपालिकामा भने विदेशबाट आउने ५८ जना सम्पर्कका आएका छन् । स्थानीय अस्पतालमा जाँचगराउँदा उनीहरूको स्वास्थ्यस्थित सामान्य रहेको नगरले जनाएको छ । नगरका प्रमुखप्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार विदेशबाट आउनेहरूको निगरानी स्थानीयस्वास्थ्यकर्मीले गरिरहेका छन् ।
प्रकाशन मिति–२०७६ साल चैत २८ गते शुक्रवार ।