Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
दुई दिदीबहिनीको दुई दाजुभाइसंगको प्रेममय म्यजिक भिडियो मैले बोलेको छैन ढाँटेर सार्वजनिक – VisionSansar.com
–मणिराज गौतम
हेटौडा। संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेरको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपालका चार युवा गायन स्टारहरुद्धारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आईतबार सार्वजनिक गरिएको हो। नेपसिनेमाको प्रस्तुतिमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरिएको हो।
चर्चित संगीतकार अर्जुन पोखरेलद्धारा लिखित तथा संगीतबद्ध रहेको गीतमा चर्चित गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको गायन तथा अभिनय रहेको छ। काफ्लेले यसअघि धेरै सुपरहिट गीतहरुमा स्वर दिइसकेकाछन्, भने लामा नेपाल आईडलका बिजेता समेत हुन्,।
यस्तै अधिकारी पनि नेपाल आडलबाटै उदाएकी गायिका हुन। उनले यसअघि केही हिट गीतहरुमा स्वर दिइसकेकी छन्।
युवट्युवबाट चर्चित बनेकी गायिका समिक्षा अधिकारीको पनि गीतमा दमदार स्वर तथा अभिनय रहेको छ। गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्। पत्रकारीताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धी अध्ययन गरेका थिए। उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।
यस अघिका भिडियोहरुमा भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताएका छन्। गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ।
लक डाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ। गायक गायिकाहरु आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरिएको छ।
भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ। दुई दाजुभाइसंग दुई दिदिबहिनीको प्रेमकथामय भिडियोले केही सकरात्मक सन्देश समेत प्रवाह गरेको छ। गीतलाई संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ। यो गीत र भिडियोले नयाँ रेकर्ड कायम गर्नेमा आफू विश्वस्त रहेको संगीतकार पोखरेलले बताएका छन्, भने भिडियोलाई नयाँ आयम दिन खोजिएको निर्देशक कार्कीको भनाइ छ।