काठमाडौं। नायक तथा गायक राजेन्द्र डंगोलको निर्देशनमा विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। डंगोलको निर्देशनमा द भ्वाइस अफ नेपाल सिजन ३ का प्रतिस्पर्धी सन्तोषकुमार बानियाको नयाँ गीत सार्वजनिक भएको हो।

द भ्वाइस अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएका सन्तोषको गायन रहेको लोकपप विधाको हुन्छ हुन्छ बोलको गीत मंगलवार सांझवाट विश्वव्यापी सार्वजनिक भएको निर्देशक डंगोलले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

निर्देशक डंगोलका अनुसार, गायक सन्तोषकुमार बानिया काभ्रे धुलिखेलमा जन्मिएका पेसाले सशस्त्र प्रहरी हुन्। भिडियोमा सिम्याक्स बानिया, सिर्जु पोखरेल, सन्तोष लम्साल, अनिल भट्टराई, बुद्ध पुतुवार, नरेश घलेको अभिनय छ।

प्रकाशन मिति–२०७८ साल मंसीर १४ गते मंगलवार ।