काठमाडौँ । नेपाली समसामयिक गीत गायनमा लाग्दैआएकी गायिका मनमा बीराईको पछिल्लो गीतको भिडियो सार्वजनिक भएको छ। हातैमा बाला बोलको गायिका बीराईको भिडियो सार्वजनिक भएको हो ।

आदिम आवाज अनलाइन युट्युब च्यानलवाट सार्वजनिक भएको गायिका बीराईको गीतको आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिसकेपछि वरिष्ठ सञ्चारकर्मी नारायण देवान, वरिष्ठ गायिका सरोजा मुकारूङ देवान, युवा सञ्चारकर्मीरपत्रकार प्रकाश पोखरेल तथा युवा गायिका रश्मि राईले भिडियो अत्यन्तै अब्बल र नेपालीपनले भरिएको भन्ने प्रतिक्रिया दिएका थिए ।

गीतकार टीका चाम्लिङको अत्यन्तै मीठो शब्द रचना र वरिष्ठ सङ्गीतकार वसन्त मुकारूङको उस्तै मीठो सङ्गीत रहेको उक्त गीतको छायाङ्कन काठमाडौँको टोखा र जीतपुर फेँदीमा गरिएको थियो । भिडियोमा नायक तथा गायक योगेन्द्र र नयाँ प्रस्तुतिमा नायिका ग्रेशिना राई लगायत करिब आधा दर्जन नयाँ कलाकारको सुन्दर अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई खुशी चाम्स रोदुङ (रबिना राई) ले निर्माण गरेकी हुन् भने छायाँकार वीरेन्द्र भट्टले म्युजिक भिडियो खिचेका हुन् । युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा किम्भेले गरेका हुन् भने प्रसिद्ध नृत्य निर्देशक कमल राईको निर्देशन कौशलता यस गीतको भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशन मिति–२०७८ साल मंसीर १७ गते शुक्रवार ।