काठमाडौं। थारुभाषा चलचित्रका सुपरस्टार परशुराम चौधरीको आगलागी भएर खरानी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हलको पूर्नरनिर्माण भएको छ। खरानी भएको हललाई पूर्नरनिर्माण भएर म्याजिक सिनेमा हल अझ राम्रो र सुविधासम्पन्न भएको हो।

गत भदौ महिनामा विजुलीको सर्ट भएर म्याजिक सिनेमा हलमा भिषण आगलागी भएर ध्वंस्त बनेपछि चलचित्रकर्मी परशुराम चौधरीलाई ठूलो बज्रपात परेको थियो। हलको भवनको मात्र बिमा भएको र सिनेमा हलको नभएको कारण बिमावाट कुनै भुक्तानी हुन नसकेपछि हारेको मन बोकेर बसेका चौधरीलाई असी कटेका बुवाआमा, पत्नी रेणु चौधरी, छोरा–बुहारी र छोरीको ढाड्स र उत्प्रेरणाले ऋणै काटेर भएपनि म्याजिक सिनेमा हलको पूर्नरनिर्माण गरेको जानकारी हलका हल मालिक परशुराम चौधरीले भिजन संसार डटकमलाई दिएका छन्।

बुधवारवाट संचालनमा आएको म्याजिक सिनेमा हल पूर्नरसंचालनमा आएको खुशीयालीमा दुई दिन सर्वसधारण सवैलाई निःशुल्क चलचित्र देखाउने कार्य भएको छ। आज शुक्रवारवाट भने, सशुल्क गरिएको जानकारी पनि चौधरीले दिएका छन्। सुविधासम्पन्न म्याजिक सिनेमा हलमा आज शुक्रवारवाट नेपाली कथानक चलचित्र “म यस्तो गीत गाउंछु–२” रिलिज गरिएको छ।

प्रकाशन मिति–२०७८ साल फागुन १३ गते शुक्रवार ।