काठमाडौं। नेपालका विश्वविख्यात गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल एडभेन्चर स्टार गौतम खातीले नेपाललाई एडभेन्चर हब बनाउने भएका छन्। विश्व रेकर्डधारी एडभेन्चर स्टार खातीले नेपालमा एडभेन्चर एकेडेमी स्थापना गरेर नेपाललाई एडभेन्चर हब बनाउन खोजेका हुन्।

यसमा नेपाल सरकारले उचित स्थानमा सरकारी जग्गा दिएर सहयोग गरेमा त्यसको पहल गरेर साहसिक खेल एडभेन्चर हब बनाउन आफू तयार भएको खातीले भनेका छन्। एडभेन्चर एकेडेमीमा साहसिक खेलहरु प्याराग्लाडिङ, रक क्लाइम्बिङ, हर्ष राइडिङ, बन्जी जम्प, जीप लाइन, क्यानोनिङ, रयाफटिङ र ट्रेकिङ विषयमा प्लस टुका विद्यार्थीहरुलाई विदाको बेला जानकारी मूलक शिक्षा दिने योजनालाई खातीले अगाडि सारेका छन्।

त्यस्तै, विश्वका विभिन्न कुनावाट नेपालमा एडभेन्चरिङको कोर्ष गर्न आउने वातावरण मिलाउने तथा उनीहरु माफर्त पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य पनि खातीले लिएका छन्। यसका लागि नेपाल सरकार सकारात्मक भएर आफूलाई सहयोग गरेमा यस कार्यलाई अगाडि बढाउन आफू तयार भएको पनि खातीले बताएका छन्।

हाल काठमाडौं उपत्यकाका विभिन्न स्कुलहरुमा एडभेन्चर संवन्धी शिक्षण गर्दैआएका खातीले विसं.२०७५ सालमा पन्ध्र हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाँक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल कीर्तिमानी कायम गरेका थिए ।

कराँते खेलमा ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक खाती सुविख्यात अभिनेता तथा मोडल पनि हुन्। त्यस्तै, भिजिट डाँछी लगायतका डकुमेन्ट्री फिल्मका सफल निर्देशक समेत हुन्।

प्रकाशन मिति–२०७९ साल जेठ १५ गते आइतवार ।