काठमाडौं। नेपाली समसामयिक आधुनिक गीत गायनकी मेधावी गायिका देविका बन्दनाको मनको इच्छा पूरा भएको छ।

त्यो हो–धेरै पहिलादेखि मृत्युञ्जय मन्त्र रेकर्ड गर्ने गायिका बन्दनाको इच्छा पूरा भएको हो।

अडियो मन्त्र दिव्य युट्युब च्यानलबाट उक्त मृत्युञ्जय मन्त्र पनि गायिका बन्दनाले सफलतापूर्वक रिलिज गरेकी छन्।

मृत्युञ्जय मन्त्रको सङ्गीत बन्दना, सङ्गीत सम्योजन, मिक्सिङ्ग र मास्टरिङ्ग दीपक श्रेष्ठले गरेका छन्। डिजाईन योगेश शाक्यको रहेको छ।

रेकर्डिङ निहारिका स्टुडियो बुटवलमा गरिएको हो।

प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।