काठमाडौं। विपदका देवता नै मानिएका गायक एवम नायक रामकृष्ण श्रेष्ठको एकल आयोजना वडा दर्शैको अवसरमा बृद्धबृद्धाहरुको भव्य सम्मान भएको छ। गायक श्रेष्ठको World Wide Media Network को चौथो बार्षिक अवसरमा बृद्धबृद्धाहरुलाई भव्य सम्मान गरेको हो।

 

शंखरापुर नगरपालिका स्थित साँखु इन्द्रायणीमा आयोजित कार्यक्रममा २२ जना स्थानीय बृद्धबृद्धाहरुलाई विशेष सम्मान गरिएको हो। जसमा बागमती प्रदेशका पूर्व सांसद मणिराम फुयाँलको प्रमुख आतिथ्यता र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको विशेष आतिथ्यतामा भएको सम्मान कार्यक्रममा आयोजक गायक तथा नायक श्रेष्ठले बृद्धबृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुको अलावा हर्लिक्स लगायत फलफूल वितरण गरेका थिए।

कार्यक्रममा चर्चित हांस्य कलाकार गोपाल ढकाल छन्दे, संचारकर्मी श्याम स्मृत, नाइस टेलिभिजनका समिर जोशी लगायतलाई योगदानको कदर स्वरुप विशेष सम्मान प्रदान गरिएको थियो।

प्रकाशन मिति–२०७९ साल असोज ९ गते आइतवार ।