Richa Sharma 1

काठमाडौ । नेपाली चलचित्रमा अभिनय गरेर खासै कमाइ छैन् । चलचित्रमा अभिनय गरेर ज्यान पाल्न सक्दैनन्। चलचित्रको अभिनयले कलाकारलाई बर्बाद मात्र गरेको छ भनेर कसैले भनेमा त्यसलाई शतप्रतिशत झूठको खेती हो भनेर नायिका ऋचा शर्माले भनेकी छन्।

ऋचाको दावी रहेको छ–“कलाकारलाई नेपाली चलचित्रले यथेस्ट नाम तथा दाम दिएको छ। नेपाली चलचित्र खेलेरै कसैले नचिनेको मान्छे रातारात स्टार भएर मालामाल भएको पाइन्छ। भलै बलिउडमा जस्तो नेपाली चलचित्रका कलाकारहरुको पारिश्रमिक निक्कै कम छ। कतिले डेब्यु भनेर फोकटमा पनि काम गरेको होला । चलचित्र रिलिज भएर कम पारिश्रमिक तथा फोकटमा काम गर्ने कलाकार रातारात चर्चाको शिखरमा पुग्ने गर्दछ।

Richa Sharma 3सोही चर्चाले विभिन्न सेक्टरमा काम गर्ने अवसर तथा मौका पाउने गर्दछन् । कसैले विदेशका स्टेज प्रोग्राम गर्दैमा भ्याइँनभ्याइँ भएको देखिन्छ त कतिले विभिन्न प्रडक्ट मोडलिङ्ग तथा ब्राण्ड एम्बेसडर बनेर राम्रै पैसा कमाइरहेको पाइन्छ । अर्कोतर्फ राम्रै नाम बनेपछि नाम चलेका व्यानरबाट राम्रै दाम पनि दिने गरेको छ । यो चानचुने कुरा होइन। नेपाली चलचित्रले खाली राम्रो दाम दिएन भनेर कुर्लनु भन्दा नेपाली चलचित्रको अभिनय पछि आफूले पाएको माइलेजका बारेमा सवै कलाकारले खुलेर कुरा गर्न आवश्यक भैसकेको छ।”

नेपाली चलचित्रको अभिनयले दिएको सोही माइलेजले कति धेरै कलाकार विभिन्न क्षेत्रमा बेग्लै शैलीमा बेग्लै तौर–तरीकाले बाँचेका छन् । त्यसले गर्दापनि नेपाली कलाकार हुनुको ऋचाले ठूलै गर्व गरेकी छन्। ऋचाको फस्र्ट मुभी फस्ट–लभ हो । पछिल्लो फिल्म को–आफ्नो हो।

यस हिसावले आधा दशकको फिल्मी अभिनय यात्रामा ऋचाको जम्मा–जम्मी १० वटा फिल्म मात्र पुगेको छ। कम फिल्म खेलेतापनि राम्रै चलचित्र खेलेकोे ऋचाको जिकिर रहेको छ। जियोनी मोबाइलको ब्राण्ड एम्बेसडरको रुपमा ब्राण्ड प्रमोसनको रुपमा कार्यरत ऋचा देश–विदेशका विभिन्न प्रोग्रामहरुमा व्यस्त बन्ने गरेकी छन् । कुनैबेला पनि खाली बस्नु नपरेको र राम्रै कमाई भैरहेको उनको भनाई रहेको छ।

Richa Sharma 2प्रेम र विवाहका संवन्धमा ऋचाको फरक धारणा रहेको छ। ऋचाकै भाषामा भन्ने हो भने, उनको जिन्दगीमा पनि प्रेम भयो होला र गयो होला । कतिपय अवस्थामा पे्रमले खुशी दियो होला । कतिपय अवस्थामा दुःख भयो होला । त्यसको मतलव पे्रमलाई भुल भन्ने पक्षमा उनी छैनन्। यो हरेकको जीवनमा हरपल भैरहने नियमित प्रक्रिया हो। प्रेमको परिभाषा ५ हजार भन्दा बढी निक्लिसकेका छन् । उनी कस्तो खालको प्रेममा छु भन्ने कुरा उनलार्ई नै थाहा छैन्। 

प्रकाशन मिति–२०७४ साल साउन २१ गते शनिवार ।