swoyanagu-1ललितपुर। आदिवासी जनजाति चलचित्रको लागि छुट्टै सेन्सर बोर्डको आवश्यकता रहेको र यसको माग गरिएको छ। यस संवन्धमा आदिवासी जनजाति चलचित्र महासंघले पहल गरिरहेको महासंघका अध्यक्ष अमृत सुनुवारले बताएका छन्।

हलिं नेवाः गुथि, किपुल्चा शाखाको लागिं सिनेग्राफिक्सको ब्यानरमा निर्माण हुन लागेको नेपालभाषाको चलचित्र ‘स्वयनगु’को शुभ मूहुर्त कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनुवारले जनजाती चलचित्रकर्मीको लागि प्रतिकुल सेन्सर बोर्डकै कारण आफुहरुले महासंघबाट चलचित्र विकास बोर्डमार्फत राज्यसँग छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्डको माग गरेको समेत बताएका छन्।

नेपालभाषाको प्रथम चलचित्र सिलुसँगै शुरुवात भएको नेपालको जनजाति चलचित्रको इतिहास ३० वर्ष पुगिसक्दासम्म पनि जनजाती चलचित्र राज्यको नजरमा नपर्नु दुःखको बिषय भएको सुनुवारको भनाइ थियो।

swoyanagu-2सिनेग्राफिक्सका अध्यक्ष साथै चलचित्र स्वयनगुका निर्देशक अमृतमान महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले आदिवासी जनजाति साथै समग्र नेपाली चलचित्र क्षेत्र नै समस्यामा परिरहेको समयमा समस्त नेपाली चलचित्रकर्मीहरु संगठित हुनुपर्नेमा जोड दिए।

सोही कार्यक्रममा नेवाः फिल्म सोसाईटीका अध्यष लुःजः सिंह, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर (असंबरे), हलिं नेवाः गुथिका केन्द्रिय अध्यक्ष शान्तप्रकाश श्रेष्ठ लगायतले चलचित्रको सफलताको कामना गर्दै जनजाति चलचित्र क्षेत्रको उत्थानको लागी समस्त जनजाति चलचित्रकर्मी संगठित हुनुपर्नेमा जोड दिएका थिए।

swoyanagu-3

ख्वकनाको कार्यविनायक मन्दिर परिसरमा सम्पन्न चलचित्र ‘स्वयनगु’को शुभ मूहुर्त कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरवाट निर्देशन र नेवाः फिल्म सोसाईटीका अध्यक्ष लुःजः सिंहले क्यामेरा रोल गरेका थिए। आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले क्ल्याप पडकाएका थिए।

नरिवल फोड्ने कार्य नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीवाट भएको थियो। चलचित्रको छायाँकन कात्तिक ७ गतेवाट हुने भएको छ। अमृतमान महर्जनको निर्देशनमा निर्माण हुन गैरहेको चलचित्र स्वयनगुमा रनेन्द्र महर्जन, भिन्तुना जोशी, सुशीला तण्डुकार, अन्नपूर्णेश्वरी श्रेष्ठ, नारायणदेबी प्रधान, लक्ष्मी गिरी, सुरज ब्यन्जनकार, सुरेश स्थापित लगायतका कलाकारहरुको अभिनय रहने भएको छ।

swoyanagu-4प्रकाशन मिति–२०७३ साल कात्तिक गते ६ शनिवार ।