mallika-sherawatकाठमाडौ। बलिउडकी हट नायिका मल्लिका शेरावतमाथि फ्रान्सको पेरिसमा हमला भएको छ। मल्लिका आफ्नो फ्रेन्च व्यापारी प्रेमी साइरिल अक्जेनफेन्ससंग पेरिसमा हिडिरहेको अवस्थामा शुक्रबार हमला भएको फ्रेन्च समाचार माध्यमले उल्लेख गरेको छ।

अनुहारमा मुखुण्डो लगाएका ती हमलाकारीहरुले मल्लिका र उनको प्रेमीलाई अश्रुग्यास छर्केर सामान्य कुटपिट समेत गरेको उक्त समाचार माध्यमले भनेको छ। केही अघि अमेरिकी टेलिभिजन रियलिटी स्टार किम कार्दासियनमाथि लुटपाट भएकै स्थान नजिकै मल्लिकामाथि आक्रमण भएको बताइएको छ।

Mallika Sherawat with her Boy Friend
Mallika Sherawat with her Boy Friend

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मल्लिका र उनका प्रेमी नीजि निवासमा पुग्नासाथ आक्रमणकारीले निशाना बनाएका थिए । घटना गत शुक्रबार नै भएको भए पनि हालैमात्र फ्रेन्च संचारमाध्यमले प्रकाशमा ल्याएका छन्।

प्रहरीले सो घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार लुटपाटकै उद्देश्यले मल्लिका र उनको प्रेमीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल मंसीर ५ गते आइतवार ।